काठमाडौँ । २८ वटा पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेका छन् । निर्वाचन आयोगका अनुसार आइतबारसम्म ती दलले निवेदन पेस गरेका हुन् । निवेदन पेस गर्नेहरुमा उज्यालो नेपाल पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, जनयुग पार्टी, राष्ट्रिय स्वराज पार्टी, नेपाली प्रथम पार्टी, नवनिर्माण पार्टी, आवाज पार्टी, प्रगतिशील नागरिक पार्टीलगायत रहेका छन् । यसबाहेक अहिलेसम्म ७ वटा दलले दर्ताको प्रमाणपत्र पाएको आयोगले जनाएको छ ।
ADVERTISEMENT

