काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न गठित समितिको प्रतिवेदनमाथि छलफल भएकाे छ । ललितपुरकाे च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा महाधिवेशन सचिवालयको बसेको बैठकमा समितिले हालसम्म महाधिवेशनको तयारीका सन्दर्भमा गरेको प्रतिवेदनमाथि छलफल गरेकाे हाे ।सबै समितिले महाधिवेशनको तयारीलाई अन्तिम चरणमा पु-याएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
एमालेले महाधिवेशन सम्पन्न गर्न विभिन्न १४ वटा समिति गठन गरेको थियो ।प्रचार विभाग प्रमुख गौतमका अनुसार बैठकले भक्तपुरको सल्लाघारीस्थित मैदानमा महाधिवेशन उद्घाटन कार्यक्रम गर्ने निर्णय गरेकाे छ । बन्दसत्र भने भृकुटीमण्डपमा हुनेछ ।यसैगरी दोस्रो विधान महाधिवेशनले तय गरेको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ लाई राष्ट्रिय महाधिवेशनको मुख्य नारा बनाइने निर्णय भएकाे छ । एमाले महाधिवेशन यही मङ्सिर २७ गतेदेखि २९ गतेसम्म हुँदैछ ।
ADVERTISEMENT

