काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले युवाहरूको रोजगारी व्यवस्थापनका लागि मन्त्रालयमा नै जेनजी कक्ष राखेर काम गर्ने बताएका छन् ।मन्त्रालयमा जेनजीका अगुवाहरूसँग आइतबार भएको छलफलमा उनले यस्तो बताएका हुन् ।मन्त्रालयमा जेनजीको समेत प्रतिनिधित्व रहने गरी सेल स्थापना गर्ने उनको भनाइ छ । उक्त सेलले रोजगारीका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, सिपयुक्त जनशक्तिका लागि तालिम केन्द्रसँग समन्वय गर्ने उनले बताए ।
‘एउटा जेनजीको सेल नै यही मन्त्रालयमा राख्ने, त्यो सेल राखेर रोजगार सम्बन्धीका सम्पूर्ण कुराहरू उहाँसँग छलफल गर्ने र उहाँहरूकै साथ र सहयोग लिएर हामीहरूले रोजगारीका लागि प्राइभेट सेक्टरमा कसरी जान सकिन्छ, ट्रेनिङ सेन्टरसँग कसरी जान सकिन्छ, तत्काल दिनुपर्ने राहतका कुराहरू के-के हुन सक्छन्, त्यसका लागि जेनजी सेलकै प्रतिनिधित्व रहने गरेर काम अगाडि बढाउँछौं,’ उनले भने ।
ADVERTISEMENT

