काठमाडौँ । परराष्ट्र मन्त्रालयले नेपालको धार्मिक तथा पर्यटकीय स्थलको प्रचार प्रसारका लागि अभियान चलाउने भएको छ । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पहिले निर्णयका रूपमा उक्त अभियान सञ्चालन गरिने बताएका हुन् । मिथिला परम्परा,लुम्बिनी,मुक्तिनाथ, स्वर्गद्वारी, सिम्रौनगढलगायत नेपालका धरोहरको प्रचारप्रसार नहुँदा पर्यटकलाई आकर्षण गर्न नसकिएको भन्दै मन्त्रालयले अभियान सञ्चालनको निर्णय गरेको हो ।
उनले शुक्रबार पदभार ग्रहण गर्दै नेपालको पर्यटकीय तथा धार्मिक स्थलहरूलाई प्रचार प्रचारका लागि अभियान सञ्चालन गर्ने र त्यसका लागि तत्काल सामाजिक सञ्जाल प्रयोग गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् नेपालको प्राकृतिक सम्पदा, सांस्कृतिक, धार्मिक तथा सामाजिक सम्पदाहरूलाई विश्वमा चिनाउनका लागि तत्काल सामाजिक सञ्जाललाई व्यापक प्रयोग गर्ने र त्यसपछि अन्य माध्यमहरू अपनाउने परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर क्षेत्रीले बताए । उनले भने, ‘मन्त्रीज्यूले प्रमाणपत्रमा हस्ताक्षर गर्ने बित्तिकै हामीले नेपाली डिप्लोमेसी एक्स (ट्विटर) खोलेका छौँ, त्यसबाट प्रचार प्रसार हुन्छ, त्यसपछि सामाजिक सञ्जालका अन्य माध्यमहरूलाई प्रयोग गर्दै नेपालको बारेमा व्यापक प्रचार प्रसार गर्नेछौँ ।परराष्ट्र मन्त्रालयका विभिन्न देशमा दूतावास तथा नियोगहरू छन्, त्यसलाई पनि प्रचार प्रसारमा लाग्न निर्देशन दिइने बताए । यस विषयमा पर्यटन मन्त्रालयले पनि गरिरहेको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले पनि कुटनीतिक माध्यमबाट नेपालको बारेमा प्रचार प्रचार गर्ने बताए ।
ADVERTISEMENT

