नेपालगन्ज : बाँकेको बैकुण्ठधामस्थित सिद्धनियाघाटमा 'राप्ती मकर स्नान महोत्सव-२०८२' को तयारी पूरा भएको छ । धार्मिक, साँस्कृतिक तथा पर्यटकीय महत्व बोकेको यस महोत्सवमा देशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।
महोत्सवको पहिलो दिन बुधबार साँझ ५ः३० बजे गंगा महाआरती गरिनेछ भने रातभर भजन-कीर्तन कार्यक्रम सञ्चालन हुने नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले बताए । उनका अनुसार दोस्रो दिन माघ १ गते बिहीबार बिहान ४ बजे देखि प्रातःकालीन स्नान, ६ः४५ बजे गंगा महाआरती, र बिहान ९ः०० बजे देखि खिचडी तथा प्रसाद वितरण कार्यक्रम आयोजना गरिनेछ ।नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजना हुने उक्त महोत्सवमा डुडुवा गाउँपालिकाको कार्यालय तथा राप्ती गंगा महाआरती समिति सहकार्यका रूपमा रहेका छन । कार्यक्रमको आयोजना नाटा बाँके च्याप्टरले गरेको हो ।
मकर संक्रान्तिको अवसरमा आयोजना हुने यस महोत्सवले धार्मिक आस्थाको संरक्षणसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्याउने विश्वास लिइएको नाट्टा बाँकेका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले बताए । आयोजक समितिले सम्पूर्ण भक्तजन, स्थानीयवासी तथा पर्यटकहरूलाई कार्यक्रममा सहभागी भइ धार्मिक पुण्य आर्जन गर्न निमन्त्रणा गरेको छ ।
ADVERTISEMENT

