काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावमा भाग लिने राजनीतिक दलहरूसँग आचारसंहिता कार्यान्वयनबारे छलफल गरिरहेको छ ।शुक्रबार निर्वाचन आयोगमा चुनावमा सहभागी हुने राजनीतिक दलका प्रतिनिधिहरूसँग निर्वाचन आचारसंहिता कार्यान्वयनको विषयमा छलफल गरिरहेको छ ।छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले २१ फागुनमा हुने चुनावका लागि आ-आफ्नो तर्फबाट निर्वाचन आयोगलाई सुझाव दिइरहेका छन् ।
ADVERTISEMENT

