काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ हजार ३८७ जनाको उम्मेदवारी परेको छ । यसमध्ये एक तिहाइ स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी दलीय उम्मेदवार छन् ।निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारी दिनेको संख्या १ हजार १८८ रहेको छ । यो कूल उम्मेदवारको ३४.०६९ प्रतिशत हो । बाँकी २ हजार २९९ जना दलगत उम्मेदवार छन् ।उम्मेदवारको यही ६ माघमा भएको हो । ९ माघमा चुनाव चिह्न पाउने छन् । दलीय उम्मेदवारको भने दलकै चुनाव चिह्न हुन्छ ।धनुषामा धेरैधनुषामा सबैभन्दा धेरै १०६ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । काठमाडौंमा ८९ जना, महोत्तरीमा ८७ जना, सिराहामा ८५ जनाको स्वतन्त्र उम्मेदवारी छ । रौतहटमा ७८, सर्लाहीमा ७२, रूपन्देहीमा ६३, कपिलवस्तुमा ४९, बारामा ४७, पर्सामा ४७, सप्तरीमा ४२, सुनसरीमा ३८ र मोरङमा २९ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।ललितपुरमा २६, भक्तपुरमा २४, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा २३, गुल्मीमा २३, धादिङमा १९, दोलखामा १९, दाङमा १९, झापामा १७, चितवनमा १६, मकवानपुरमा १५, कैलालीमा १३, बाँकेमा ११, काभ्रेपलाञ्चोकमा ११, कञ्चनपुरमा ११, नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा १०, पाल्पामा ७ जनाको स्वतन्त्र उम्मेदवारी छ ।स्याङजा, सिन्धुली, सिन्धुपाल्चोक र कास्कीमा ६-६ जनाको स्वतन्त्र उम्मेदवारी छ । नुवाकोटमा ५, बर्दिया, पर्वत, धनकुटा र कालिकोटमा ४-४ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।सुर्खेत, रामेछाप, रसुवा, दैलेख, तनहुँ, डडेलधुरा, गोरखा, ओखलढुंगा र अर्घाखाँचीमा ३-३ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।यस्तै सल्यान, रोल्पा, म्याग्दी, बैतडी, खोटाङ र उदयपुरमा २-२ जना, संखुवासभा, लमजुङ, रुकुमपूर्व, बाजुरा, डोल्पा, जुम्ला, इलाम र अछाममा १-१ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ
मैदानमा महावीर निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन पनि आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका छन् ।उनी मनोनयन दर्ताको दिन मन्त्री पदबाट राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवार बनेका हुन् । गृहजिल्ला म्याग्दी पुगेर मनोनयन दर्ता गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले ‘कुनै पार्टीको पुच्छर बन्न चाहन्नँ’ भनेका थिए ।३५ वर्षसम्म पनि पुराना पार्टीले ढंग नल्याएपछि स्वतन्त्र उम्मेदवार भएर अगाडि बढेको उनको प्रतिक्रिया थियो । उम्मेदवारी दर्ता गरेसँगै उनी चुनावी प्रचारमा खटिइसकेका छन् । तर चुनाव चिह्न पाउन भने माघ ९ गतेसम्म पखिर्नुपर्छ ।स्वतन्त्र उम्मेवारी दिनेमा ८० वर्ष माथिको संख्या नै चार छ । काठमाडौं-४ मा ८७ वर्षीय पूर्वप्रशासक मदनदेव आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मनोनयन दर्ता गराएपछि पत्रकारहरूसँग कुरा गर्दै आचार्यले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि उम्मेदवारी दिएको बताएका थिए ।काठमाडौं-९ मा ८२ वर्षीय पञ् कुमारी मानन्धरको स्वतन्त्र उम्मेदवारी छ । महोत्तरी-१ मा ८१ वर्षीय प्रेमबहादुर राना मगर र रुपन्देही-५ मा ८१ वर्षीय जयनारायण काफ्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
दलबाट बिच्किएपछि स्वतन्त्र राजनीतिक दलबाटै टिकटका आकांक्षी रहेका र टिकट नपाएपछि बागी उम्मेदवार भएकाहरूसमेत स्वतन्त्र उम्मेदवारकै रूपमा गनिन्छन् ।नेपाली कम्युनिस्ट पार्टीका नेता महेश्वर दाहाल सिन्धुली-२ बाट टिकटका आकांक्षी थिए । तर नेकपाले त्यहाँ लेखनाथ दाहाल ‘राजन’लाई टिकट दियो । त्यसपछि महेश्वरले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।कालीकोटमा कांग्रेसबाट नेता भूपेन्द्रजंग शाही उम्मेदवारका आकांक्षी दिए । तर पार्टीले हर्षबहादुर बमलाई टिकट दियो । त्यसपछि शाहीले स्वतन्त्र उम्मेदवारी दर्ता गरे । २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा टिकट पाएका शाहीले यसपटक पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।


