बाँके माघ । बाँकेका तीन वटै क्षेत्रमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, बाँके क्षेत्र नं. १ मा एमालेका सुर्य ढकाल, नेपाली कांग्रेसका नारायणप्रसाद गौडेल, नेपाली कम्यूनिष्ट पार्टीका नरेन्द्र शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार चौधरी, प्रगतिशिल लोकतान्त्रिक पार्टीकी कृष्णा केसी (नमुना) र राप्रपाका प्रदिपकुमार शाह लगायतले उम्मेदवार दर्ता गराएका छन् । क्षेत्र नं. २ मा तीन स्वतन्त्रसहित २२ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारी दर्ता गराउनेमा नेपाली कांग्रेसका सुधांसु कोइराला, एमालेका मोहम्मद इस्तियाक राई, नेपाली कम्यूनिष्ट पार्टीका दीपेन्द्र विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका कमरुद्धिन राई, राप्रपाका ऋषिराज देवकोटा, प्रगतिशील लोकतान्त्रिक पार्टीका मजिद अलि शेष, नेपाल जनता पार्टीका विजयकुमार गुप्ता, उज्यालो नेपाल पार्टीका शैलेन्द्रकुमार कर्ण, राष्ट्रिय जनमत पार्टीका इर्फान शेष, जनता समाजवादी पार्टीका सरस्वती प्रसाद बर्मा, नेपाल मजदुर किसान पार्टीका प्रकाश शाह, श्रम संस्कृती पार्टीका रामचरण चौधरी, नेकपा माओवादीका महेन्द्रबहादुर चन्द, राष्ट्रिय जनमोर्चाका जगदिस ढकाल, आम जनता पार्टीका अब्दुल अमर साई, राष्ट्रिय मुक्ति मोर्चा नेपालका बावु प्रकाश घिमिरे, राष्ट्रिय एकता दलका सिताराम यादव, जनमत पार्टीका मोहम्मद आजाद शाइ, र गोपाल प्रसाद गिरि, सौरभ जंग शाह र मनोज कुमार चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
बाँके क्षेत्र ३ मा एमालेका सुमन मल्ल, नेपाली कांग्रेसका अम्मरसिंह पुन, नेपाली कम्यूनिष्ट पार्टीका दीपक जिएमले उम्मेदवारी दिएका छन् । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खगेन्द्र सुनार र राप्रपाका तारकसिंह थारु लगायतले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।बाँके क्षेत्र नं. ३ मा दुई जनाले आफूलाई भोट हाल्न नपाउने भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार पुनको मतदाता नामावली रोल्पा र रास्वपाका सुनारको मतदाता नामावली दैलेखमा छ । पुन नेपाली कांग्रेस लुम्विनीका सभापति समेत हुन् ।
ADVERTISEMENT

