काठमाडौं । २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना चुनिन्छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ तीन हजार ४०६ जना उम्मेदवार छन् ।निर्वाचन आयोगको विवरणअनुसार प्रत्यक्षतर्फ पीएचडी गरेका ५५ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । ५५ जनामध्ये १० जना स्वतन्त्र उम्मेदवार छन् ।पीएचडी गरेका स्वतन्त्र उम्मेदवारहरू हुन्– डा. युवराज संग्रौला (झापा–२), डा. राजकुमार राई (खोटाङ), डा. देवराज रोका (उदयपुर–१), डा. शम्भु पोखरेल (काठमाडौं–१), डा. सुरेशकुमार ढुंगाना (काठमाडौं–३), डा. पञ्चकुमारी मानन्धर (काठमाडौं–९), डा. धर्मराज बोहरा (ललितपुर–१), डा. अशोककुमार महर्जन (ललितपुर–३), डा. विजु श्रेष्ठ (सिन्धुपाल्चोक–२), डा. निरञ्जन कोइराला (कास्की–२) रहेका छन् ।
पीएचडी गरेका ४५ जना दलीय उम्मेदवार छन् । तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका ९ जना छन् । जसमा डा. स्वर्णिम वाग्ले (तनहुँ–१), डा. ऋषिधन थुलुङ राई (सोलुखुम्बु), डा. कृष्णहरि बुढाथोकी (रामेछाप), डा. अशोककुमार सिंह (सर्लाही–४), डा. विक्रम तिमिल्सिना (नुवाकोट–१), डा. अच्युतम लामिछाने (नुवाकोट–२), डा. धनन्जय रेग्मी (स्याङ्जा–१), डा. आनन्दबहादुर चन्द (कैलाली–५) र डा. ताराप्रसाद जोशी (डडेलधुरा–१) छन् ।

