काठमाडौँ । नेपाल बार एसाेसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले दुई तिहाइ सरकारको बलमा न्यायपालिकामाथि प्रहार भएमा बार एसोसियसनले आफ्नो पोजिसन लिने बताएका छन्।भक्तपुरमा शुक्रबार आयोजित नेपाल बार एसोसिएसन कानुन व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘जब दुई तिहाइ सरकार आउँछ, तब न्यायपालिकालाई सबैभन्दा पहिला प्रहार गर्ने प्रचलन रहेको छ । नेपाल बार एसोसिएसन नवनिर्मित सरकारलाई बेनिफिट अफ डाउट दिन्छ, सरकारका सबै क्रियाकलापहरू संविधानवाद र कानुन अनुरूप हुन् भन्ने हाम्रो शुभेच्छा छ,’ उनले भनेका छन्।'सरकार पाँचै वर्ष टिकोस् भन्ने चाहना हो । तर, संविधानवाद र कानुनको शासनलाई चिर्न थालियो भने बारले आफ्नो पोजिसन लिन्छ, उनले भने, त्यसो गर्नु हाम्रो कर्तव्य पनि हो र हाम्रा पुर्खाले गर्दै आएको काम पनि हो।'
ADVERTISEMENT

