काठमाडौं । कर्णालीका युवाहरूले कर्णालीको रैथाने उत्पादनको अन्तर्राष्ट्रिय बजारबारे इजरायली राजदूतसँग छलफल गरेका छन् ।कर्णालीका युवा आशिष देवकोटासहितको टोलीले नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बाससँग भेटेर छलफल गरेका हुन् ।
सो क्रममा राजदूत बासले कर्णालीको कृषि आधुनिकीकरण, रैथाने बालीहरूको अन्तर्राष्ट्रिय बजारीकरण, जडिबुटीको संरक्षण तथा निर्यात प्रवर्द्धन लगायतका विषयमा चासोपूर्वक छलफल गरेको देवकोटाले बताए ।देवकोटाले कर्णाली प्रदेशमा उत्पादन हुने रैथाने बालीहरू कागुनो, चिनो, मार्सी चामल, कोदो, रनालो इजरायलसम्म निर्यात गर्न सकिने बताएका थिए । त्यसका लागि दूतावासले पहल गरिदिन आग्रह गरे ।यस्तै जडिबुटीहरूमा यार्सागुम्बा, सिलाजित, पाँचऔँले, सतुवा, घुच्ची च्याउजस्ता उत्पादन इजरायलको बजारसम्म पुग्नसक्ने दुवै देशका लागि लाभदायक हुने कुरा स्मरण गराएको उनले बताए ।

