काठमाडौँ । सशस्त्र प्रहरीको साधारण समूहतर्फका १३ जना नायब उपरीक्षक (डीएसपी)हरूलाई उपरीक्षक (एसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार बसेको बढुवा समितिको बैठकले एसपी बढुवा सिफारिसको सूचना प्रकाशन गरेको हो । बढुवा सिफारिस हुनेमा हरिबहादुर गुरुङ, दीपकराज बराल, गणेशबहादुर शाह, लभकुमार सापकोटा, सचिन कर्माचार्य, दीपकबहादुर कुँवर, किरणकुमार कठायत, दीपकबहादुर विष्ट, भुवनसिंह ठकुरी, रामचन्द्र थापा, जगतसिंह डागा, नवीन सिंह राई र पङ्कज पौडेल छन् ।
ADVERTISEMENT

