काठमाडौं । सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका जिबी राई कहिले पक्राउ पर्छन् ? भनेर संसद्मा प्रश्न उठेको छ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकारलाई यी लगायतका प्रश्न गरेका हुन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘
बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार ? सुमुमवासी र अव्यवस्थित बसोबासीलाई सरकार छ भन्ने अनुभूत हुने गरी व्यवस्थापन कहिले हुन्छ सरकार ? जिबी राई कहिले पक्राउ पर्छन् सरकार ?’सहकारीमा डुबेको पैसा बचतकर्ताले फिर्ता पाउनुपर्ने तर राज्यले तिरिदिने विषय के हो भनेर पनि सोधे ।किसानको समस्या समाधान व्यवहारमै गर्न उनले आग्रह गरे । सडक आयोजनाहरूको अवस्था ख्याल गर्न सुझाए ।

