काठमाडौँ । छोरासहित गृहमन्त्री सुधन गुरुङलाई मन्त्रालयमै भेट्न गएका सुजन विकले १ महिना देखिको धर्ना स्थगित गरेका छन् । श्रीमती प्रसूति गराउने क्रममा गत वैशाख १० गते रत्ननगर बकुलर अस्पतालमा चिकित्सकको लापरबाहीबाट आफ्नो श्रीमती अस्मिता तामाङ बिककाे मृत्यु भएकाे र हाल सम्म पनि मृत्यु हुनुमा हस्पिटलले कुनै पनि पोस्टमार्टम रिपोर्ट नदिएको भन्दै श्रीमान् सुजन बिक १ महिना देखि बच्चा लिएर माइतीघरमा धर्नामा बसेका थिए । बिहीबार गृहमन्त्री गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि उनी आज माइतीघरबाट फर्किएका हुन्।
ADVERTISEMENT

