काठमाडौँ। आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेव बुधबार दिल्लीबाट विशेष चार्टर उडानमार्फत नेपाल आइपुगेका छन्। उनको नेपाल आगमनका लागि यती एअरलाइन्सको एटीआर विमान आज नयाँ दिल्ली पुगेको थियो । सद्गुरुको नेपाल आगमनमा यती एअरलाइन्ससँगको चार्टर उडान सहकार्यले यस वर्ष पनि निरन्तरता पाएको छ ।
सद्गुरु हरेक वर्ष नेपाल भ्रमणमा आउँदा यती एअरलाइन्सको चार्टर सेवामार्फत यात्रा गर्दै आएका छन् । यस वर्ष पनि उनको नेपाल आगमनका लागि यती एअरलाइन्सको एटीआर विमानमार्फत विशेष उडान सञ्चालन गरिएको हो । सद्गुरुको नेपाल भ्रमणलाई उनका अनुयायी तथा आध्यात्मिक क्षेत्रका व्यक्तिहरूले विशेष चासोका साथ हेर्ने गरेका छन् । नेपालमा रहँदा उनले विभिन्न आध्यात्मिक कार्यक्रम तथा गतिविधिमा सहभागिता जनाउने कार्यक्रम रहेको छ
ADVERTISEMENT

