काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै क्यूआर वा अन्तर बैंक फन्ड ट्रान्फरका अलवा सिधै रकमान्तर गर्ने व्यवसथा गर्न भनेको हो । सरकारले विभिन्न बैंक तथा वित्तीय संस्थामा खोलेको प्रधानमन्त्री राहत कोष खातामा मोबाइल बैंकिङ एपमार्फत क्यूआर कोड स्क्यान गरी वा अन्तरबैंक फन्ड ट्रान्सफर गरी रकमान्तर गर्न सकिन्छ ।अबदेखि भने बैंक तथा वित्तीय संस्थाले एपमार्फत नै सोझै रकम प्रविष्ट हुनेगरी तोकिएका खातामा रकम जम्मा हुने छुट्टै विकल्पको समेत व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको हो ।
ADVERTISEMENT

