काठमाडौं २६ असार। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापाले प्रधानमन्त्रीको दाबी गरेमा आफ्नो समर्थन रहने बताएका छन् ।अमेरिका भ्रमणमा रहेका शर्माले कांग्रेस निकट जनसम्पर्क समितिले क्यालिफोर्निया गरेको कार्यक्रममा बोल्ने क्रममा शर्माले थापाको पक्षमा विचार व्यक्त गरेका हुन् ।
सांसद तथा मन्त्री भइसकेकाले गगनले प्रधानमन्त्रीको दाबी गर्नु स्वाभाविक रहेको उनले बताएका हुन् । सोही कार्यक्रममा सहभागी गोरखाका कांग्रेस जिल्ला सचिव किशोरजंग थापाले महामन्त्री शर्माको बोली उद्धृत गर्दै भने, ‘५० वर्षमुनि उमेर समूहबाट प्रधानमन्त्रीमा गगनको दाबी स्वाभाविक हो । सिनियर जुनियरको कुरा हामी बीचमा हुँदैन ।’
ADVERTISEMENT

