नेपाल संस्कृत विश्वविद्यालयको ४०८ बिगहामा जमिनमा मोही कायम १२ बिगहामा विवाद
zeenepal
२०७९ असार ३०,
9
Shares
काठमाडौं असार। नेपाल संस्कृत विश्वविद्यालयको ४०८ बिगाह जमिनमा मोही कायम १२ बिगहामा स्वामित्व विवाद देखिएको छ ।महालेखा परीक्षकको ५९ औं प्रतिवेदन अनुसार विश्वविद्यालयको केन्द्रिय कार्यालय र १२ आंगिक क्याम्पसको स्वामित्वमा तराईमा १ हजार ७१८ बिगाह १८ कठ्ठा र पहाडी क्षेत्रमा १०२ रोपनी ९ आना जग्गा रहेको छ ।
उक्त जग्गा मध्ये ४०८ बिगाहमा मोही कायम रहेको र १२ बिगहामा स्वामित्व विवाद देखिएको छ ।दाङको बेलझुण्डी क्षेत्रमा रहेको ३२६ बिगाह जग्गा २०५८ देखि अतिक्रमणमा परेको कारण भोगचलन गर्न र आय आर्जनमा उपयोग हुन सकेको छैन । विश्वविद्यालयले सम्पत्तिको उचित संरक्षण गरी उपयोग गर्नुपर्दछ प्रतिवेदनले भनेको छ ।