दुवाकोटमा वीर अस्पताल निर्माण अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
zeenepal
२०७९ श्रावण १२,
3
Shares
काठमाडौं साउन। प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरको दुवाकोटमा रहेको वीर अस्पताल निर्माण तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।बिहीबर अस्पताल परिसरमा आयोजित अस्पतालको १३३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले देउवाले स्वास्थ्यमन्त्री भवानी खापुङलाई दुवाकोटमा रहेको वीर अस्पताललाई बजेट छुट्याउन र अस्पतालमा जनशक्ति थप्न निर्देशन दिएका छन् ।
उनले स्वास्थ्य क्षेत्रमा सरकार संवेदनशील रहेको हुँदा अस्पतालको सेवा गुणस्तरीय बनाउन सरकार प्रतिवद्ध रहेको बताए ।भूकम्प र कोरोना जस्तो महामारीमा उल्लेखनीय काम गरेको भन्दै वीर अस्पतालको देउवाले प्रशंसा गरे ।गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको आवश्यकता भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले दुर्गममा पनि स्वास्थ्य सेवा पुर्याउन सरकार प्रयत्नशील रहेको बताए ।