बाँके (बैजनाथ) : संविधान दिवसको अवसरमा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले सबैलाई शुभकामना दिएका छन् । देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सु‐स्वास्थ्य दिर्धायु एवम् उत्तरोत्तर प्रगतीको कामना गरेका छन् ।
जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाज निर्माण गर्दै बृहत राष्ट्रिय एकताको शूत्रमा नेपालको संविधानले आबद्ध गरेको शाहीले उल्लेख गरेका छन् ।
संविधान कार्यान्वयन गर्दै साझा हक अधिकारलाई स्थापित गर्ने तथा मातृभूमीको विकास र समुन्नतीलाई सुनिश्चित गर्ने दिशामा बैजनाथका सम्पूर्ण नेपाली नागरिकको साथ, सहयोग र समर्थन प्राप्त हुने विश्वास लिएका छन् ।