काठमाडौं । बितेको दुई दिनमा करिब १५ हजार यात्रुले दशैंका लागि अग्रिम टिकट बुक गरेका छन् । अधिकांश यात्रुले दशैं जान नयाँ बसपार्कबाट अग्रिम टिकट बुक गरेका हुन् ।शनिबारदेखि अग्रिम टिकट बुकिङ खुलेको थियो ।
यसपटकको दशैंका लागि २७ असार, २०७९ मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काटिरहेका छन् ।नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका प्रबन्धक पंकज मल्लका अनुसार पश्चिम नेपालका लागि अग्रिम टिकट काट्नेहरुको संख्या अधिक छ । धेरै अग्रिम टिकट बुकिङ गर्नेमा प्युठान, अर्घाखाँची, गुल्मी, बझाङ बाजुरा, अछाम, डोटी, धनगढी महेन्द्रनगर लगायतका यात्रु छन् ।‘अहिले पनि अग्मि टिकट काट्ने क्रम चलिरहेको छ,’ मल्लले भने, ‘यो वर्ष गाउँ फर्किन गाडीको अभाव हुँदैन ।’
ADVERTISEMENT