नेपालगञ्ज : बाँके प्रहरीले विभिन्न मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । बाल यौन दुरुपयोग मुद्दा र लेनदेन मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।बाल यौन दुरुपयोग मुद्दामा चार वर्ष अघि जिल्ला अदालतबाट दोषी ठहर भइ फरार कोहलपुर नगरपालिका–११ बस्ने ३१ वर्षीय प्रकाश खत्री पक्राउ परेका हुन् । खत्रीलाई २०७५ साल फागुन २ गते जिल्ला अदालतले बाल यौन दुरुपयोग मुद्दामा ९ महिना १४ दिन कैद फैसला गरेको थियो ।
त्यस्तै लेनदेन मुद्दामा दोषी भइ फरार रहेका खजुरा गाउँपालिका–५ का ५० वर्षीय तुलसीराम खटिकलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । खटिकलाई जिल्ला अदालतले गएको भदौ १० गते ६ महिना कैद फैसला गरेको थियो ।पक्राउ परेका दुबै जनालाई थप कारवाहीका लागि जिल्ला अदालतमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।
ADVERTISEMENT