काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र ३ सुरक्षा निकायका प्रमुखहरुबीच निर्वाचन सुरक्षाबारे छलफल भएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाबारे नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग प्रधानसेनापतिले छलफल गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
बिहिबार जङ्गी अड्डामा भएको छलफलमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा सहभागी थिए ।