
बैठकले सदस्य सचिवको जिम्मेवारी महामन्त्री राजेन्द्र गुरुङलाई तोकेको छ । यस्तै बैठकले प्रदेश अध्यक्षको संयोजकत्वमा प्रदेश निर्वाचन परिचालन समिति र जिल्ला अध्यक्षको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन समिति गठन गरिएको छ । यस्तै कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा निर्वाचन आर्थिक समिति र प्रवक्ता मोहन श्रेष्ठको संयोजकत्वमा केन्द्रीय निर्वाचन प्रचार समिति गठन गरेको छ ।