काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी एवं नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।यो क्षेत्रमा चर्चित नेताहरु प्रतिस्पर्धामा छन् । काठमाडौं-१ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा एमालेबाट राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम प्रतिस्पर्धामा छन् ।
ADVERTISEMENT