काठमाडौं मंसिर,। सिरहा–३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित भएका छन् ।शुक्रबार दिउँसो सकिएको मतगणना अनुसार श्रेष्ठ २८ हजार ६४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धीे नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार ८८२ मत पाए ।
तेस्रो स्थानमा रहेका जनमत पार्टीका दिनेशकुमार यादवले ११ हजार १४६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोवद्र्धनदास तत्माले १ हजार २५९ मत पाए । यो क्षेत्रबाट २०७४ सालमा एमालेका लीलानाथ श्रेष्ठ नै निर्वाचित भएका थिए ।