प्रचण्ड सरकारमा तीन उपप्रधानमन्त्री, गृहमा नारायणकाजी र रविको दाबी
zeenepal
२०७९ पुष ११,
18
Shares
काठमाडौं पुस,। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने भएका छन् ।सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने सहमति भएको छ ।
स्रोतका अनुसार पौडेल अर्थमन्त्री हुने छन् भने श्रेष्ठ र रविमध्ये कसले गृह लिने भन्ने टुंगिएको छैन । स्रोतका अनुसार श्रेष्ठले परराष्ट्र लिएर रवि गृहमन्त्री बन्ने सम्भावना छ ।