पोखरा । आइतबार बिहान काठमाण्डौबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो । दुर्घटनापछि कास्कीका प्रजिअ टेकबहादुर केसीले उद्धार कार्य जारी रहेको र हालसम्म कसैलाई जीवित भेट्न नसकिएको बताएका छन् ।
प्रजिअ टेकबहादुर केसीका अनुसार उद्धारको काम भइरहे पनि अप्ठेरो खोँचका कारण समस्या भई रहेको छ । ‘दुर्घटनाग्रस्त विमानको एउटा ठूलो टुक्रा निकै अप्ठेरो ठाउँमा खसेको छ, त्यहाँ जानै मुस्किल छ तर कोसिस जारी छ ।’ केसीले भने ।
उनले अहिले नै कति जनाको ज्यान गयो भनेर यकिन गर्न सक्ने अवस्था नरहेको पनि बताए । काठमाण्डौबाट ६८ जना यात्रु लिएर यति एयर विमान उडेको थियो । यस्तो छ नेपाल प्रहरीले उपलब्ध गराएको यात्रुहरुको सूची……….
ADVERTISEMENT