काठमाडौं । प्रतिनिधिसभाले पुर्वसांसद मञ्चलाई परामर्शदाताको रुपमा राख्ने भएको छ ।मंगलबार बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा यस्तो सहमति जुटेको हो । यो प्रस्ताव एमाले सांसद महेश बर्तौलाले राखेका थिए ।एमालेकै सांसद सुवास नेम्वाङले ‘सिंहदरबार पुर्व सांसद मञ्चलाई कोठा नै दिएर राखिदिएको’ भन्दै भनी समर्थन जनाए ।
अन्य सांसदहरुले पनि विगतमा समेत पूर्व सांसद मञ्चलाई परामर्शदाताको रुपमा सहयोग लिने गरेको भन्दै सहमति जनाएपछि नियमावलीमै लेखिने भएको हो ।
ADVERTISEMENT