
वडा नम्बर ३ का वडा सभापति शंकर महतराको सभापतित्व एवम् क्षेत्रीय सभापति पोषण केसीको प्रमुख आतिथ्यतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका पूर्व अध्यक्ष एवम् महाधिवेशन प्रतिनिधि लाहुराम थारु, जिल्ला सदस्य बुद्धिराम थारु, गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, पालिका सभापति भिमबहादुर राना क्षेत्री लगायत उपस्थित थिए ।
त्यसक्रममा बोल्दै क्षेत्रीय सभापति केसीले बोन टिबी रोगसंग जुधिरहेका चौधरीलाई उपचारमा सहजताका लागि सकेजति सहयोग रकम प्रदान गरेको बताए । उनले पार्टीका नेता कार्यकर्ताहरुको सुखदुःखमा क्षेत्रीय कार्यसमिति सधैं संगसंगै रहने बताउँदै चौधरीको शीघ्र स्वास्थ्य लाभको कामना गरे । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले गरेका थिए । क्षेत्रीय कार्यसमिति, पार्टी पंक्ति र विभिन्न व्यक्तिहरुको सहयोगमा रकम संकलन गरिएको प्रबक्ता खत्रीले बताए ।