नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिकाभित्र एक सय ७७ जना बच्चाले खोप नलगाएको भेटिएकोछ । ‘खोज र खोप’ भन्ने अभियान सञ्चालन गरिएको नेपालगन्जमा ६ सय ९२ जनाले विचैमा खोप लगाउन छोडेको र एक सय ७७ जनाले कुनै पनि खोप नलगाएको पाइएको हो ।यसरी खोप लगाउन छुटेका र बिचैमा खोप लगाउन छोडेका बच्चालाई बैशाख ३१ गते खोप लगाउने तयारी गरिएकोछ ।नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबार आयोजना गरेको पालिकास्तरीय पूर्ण खोप समन्वय बैठकमा नेपालगन्जका जनप्रतिनिधि र स्वास्थ्य संस्था प्रमुखले खोप लगाउन छुटेका सबै बालबालिकालाई ३१ गते समेट्ने प्रतिबद्धता गरेका हुन् नेपालगन्जमा हरेक महिनाको ६ देखि ११ गतेसम्ममा खोप सञ्चालन गर्ने गरिन्छ । यो अभियानमा १३ वटा रोगविरुद्ध नौ प्रकारका खोप लगाइन्छ । सबै प्रकारका खोप लगाउन छुटेका बच्चालाई जसरी पनि खोपमा समेट्न उपमहानगरपालिका लागि परेको छ ।
यसपाली घरधुरी सर्वेक्षण गरेर बीचैमा खोप लगाउन छोडेका, खोप नै नलगाएका तथ्यांक निकालिएपनि अझै धेरै बालबालिकालाई खोपमा समेट्न सकिएको छैन । जुन कुरालाई स्वास्थ्यकर्मीहरुले स्वीकार गरिरहेका छन् । मान्दै नमान्ने बच्चालाई हामीले कसरी खोप लगाउने रु स्वास्थ्यकर्मीको गुनासो रहने गरेको छ ।नेपाल सरकारले दादुरा रुबेला, वीसीजी, जेई, टाइफाइड, पीसीभी, पोलियो, टिडी, डिपिटी हेब्बी हिवलगायतका खोप दिने गर्छ । जन्मदेखि १५ महिनाभित्र यी खोपहरु लगाइन्छ ।
ADVERTISEMENT

