आफ्ना कार्यकर्ताको पालन पोषणमा प्रमुख तीन दल लागीरहेको आरोप : प्रभु शाह
zeenepal
२०८० बैशाख ३१,
3
Shares
नेपालगंज । नेपालगंजमा आम जनता पार्टीले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ऐतिहासिक प्रथम जिल्ला भेला देशमा भैईरहेको सर्वदलीय भागबन्डा, बेथिति र विभेदको विरुद्ध शशक्त संघर्ष गर्दै अगाडि बढ्ने संकल्प सहित नेपालगंजका नागरिक समाज, सामाजिक अगुवा, पत्रकार, स्वास्थ्य कर्मी, मानव अधिकार कर्मी, राजनीतिक दलका नेता कार्यकर्ताको जनसहभागिताका साथ भव्य रूपमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आम जनता पार्टीका केन्द्रिय अध्यक्ष तथा पूर्व मन्त्री प्रभु शाहको प्रमुख अतिथिमा नेपालगंजमा नागरिक तथा पार्टी कार्यकर्ता सँग अन्तरक्रिया कार्यक्रममा बोल्दै अब नेपालमा राजनीतिक दल नेतृत्व असफल रहेको र दलीय भागबन्डाको कारण नेपाली जनतालाई राहत दिन नसकेको लोकतन्त्रमा जनतालाई सेवा सुविधा दिनुपर्ने ठाउँमा दलहरुले आफ्नो सेवासुविधा र आफ्ना कार्यकर्ताको पालन पोषणमा प्रमुख तीन दल लागीरहेको आरोप लगाउनु भएको छ ।
त्यसै क्रममा कार्यक्रममा बोल्दै पूर्व संविधान सभा सदस्य नेता प्रमानन्द वर्माले यी दलहरुबाट अब देश नचल्ने र यी नेताहरु आफ्ना घर, नातागोता, आफ्ना पार्टी कार्यकर्ता बाहेक जनतालाई नहेरेको कारण अब यी नेताहरुबाट देशको विकास नहुने र अब नयाँ परिवर्ततिर नेपाली जनतालाई लाग्न आह्वान समेत गरेका छन ।
कार्यक्रममा विभिन्न वक्ताहरुले अब देशमा नयाँ परिवर्तन र संविधान संशोधन हुनुपर्छ भन्ने धारणा राखेका थिए । अन्तरक्रिया कार्यक्रममा नेपालगंजका महिना नेत्री विद्या शर्मा, साहु समाजका अध्यक्ष हंसराज साहु, स्वास्थ्य कर्मी, सामाजिक अभियन्ता लगायत सैयौंको संख्यामा नेता कार्यकर्ता, समाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो ।