काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सातै प्रदेशको छुट्टाछुट्टै पहिचान हुने गरी विशेष योजना सञ्चालन गर्नु पर्ने बताएका छन् । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको जारी छलफलमा भाग लिँदै बुधबार उनले सातै प्रदेशको छुट्टाछुट्टै पहिचान हुने गरी विशेष योजना सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन्।
सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष भएर काम गर्न सरकारको ध्यानाकर्षण पनि गराए । ‘अहिले भ्रष्टाचार नियन्त्रण र नक्कली भुटानी शरणार्थी प्रकरणमा विधिको शासन छ भन्ने अनुभूत हुने गरी कानुन सबैलाई बराबरी हुन्छ भन्ने सिद्धान्तअनुसार निष्पक्ष भएर काम गर्न ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।

