काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसदहरुले पार्टीले सरकारको नेतृत्व गर्दा पनि आफ्नो निर्वाचन क्षेत्रमा बजेट नपरेको गुनासो गरेका छन् ।मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा माओवादी केन्द्रका संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए ।
दिउँसो २ बजेदेखि बेलुकी ६ बजेसम्म चलेको बैठकमा आर्थिक वर्ष २०८०÷८१ को बजेटको समीक्षा र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको थियो छलफलमा भाग लिने अधिकांश सांसदहरुले सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले पेश गरेको बजेटबारे धारणा राखेका थिए ।
उनीहरुले पार्टी सरकारमा हुँदा आफ्नो निर्वाचन क्षेत्रमा बजेट पार्न सकिन्छ भन्ने आशा भए पनि सोचे अनुसार बजेट नपरेको गुनासो गरेका थिए । ‘मेरो क्षेत्रमा बजेट परेन, किन छुटे ? यस ढंगले पार्टीमा काम गर्न अप्ठ्यारो हुन्छ’ एक सांसदले आफूले बैठकमा राखेको गुनासोबारे अनलाइनखबरलाई भने ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले संयुक्त सरकार भएकाले आफ्नो मात्र चाहना अनुसार बजेट नबन्ने बताएका थिए ।माओवादी केन्द्रका सांसद लेखनाथ दाहालका अनुसार सारमा बजेट राम्रो आएको पार्टी संसदीय दलको निष्कर्ष छ ।
ADVERTISEMENT