प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षले माग गर्दैमा राजीनामा
zeenepal
२०८० असार २५,
6
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षले माग गर्दैमा राजीनामा नदिने बताएका छन् । तर आफ्नो अन्तरआत्माले भनेमा एक मिनेट पनि पदमा नबस्ने बताए १८ असारमा आयोजित पुस्तक विमोचन कार्यक्रममा आफूले दिएको अभिव्यक्ति विवादमा परेपछि संसदमा स्पष्टीकरण दिएका उनले कमजोरी स्वीकार गरे । आफू भावुक भएको र प्रधानमन्त्रीका रुपमा नभई ज्ञानु (जेठी छोरी) को बाबुका रुपमा प्रस्तुत भएको बताए ।त्यसक्रममा उनले आफ्नो राजीनामा माग्ने एमाले र राप्रपालाई समेत जवाफ दिएका छन् ।
आफूलाई कसले प्रधानमन्त्री बनायो भनेर प्रश्न गर्दा संसदमा भएका सबै दल पनि प्रश्नमा पर्छ भन्ने सम्झिन एमालेलाई आग्रह गरे ।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई नाम नै लिएर नैतिकता कसले देखायो, कसले देखाएन विवेचना गर्न आग्रह गरे । यसअघि दुई पटक आफूले नैतिकताकै आधारमा राजीनामा दिएको भन्दै प्रचण्डले अगाडि भने, ‘अहिले पनि तपाईँले भनेर त गर्न सक्दिन । मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि बस्न सक्दिन ।’संसदमा एउटा सस्कार पनि बसाउनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले भने, प्रतिपक्षले मागिहाल्यो, सत्तापक्ष भागिहाल्यो भने यो देशको गति के हुन्छ ? अहिले मैले त्यसो गरेँ भने भोलि तपाईँ प्राधनमन्त्री हुँदा पनि त्यस्तै हुने होला ।’