काठमाडौं । नेपाली कांग्रेसले जारी संसदीय समितिको बैठकमा सरकार परिवर्तनको विषय नआएको स्पष्ट पारेको छ ।शुक्रबार र आइतबार बसेको दुई दिनको बैठकमा धेरै विषय उठेको र महत्वपूर्ण विषयहरुलाई सोमबार पारित गरिने प्रमुख सचेतक रमेश लेखकले बताए ।सरकार बदल्ने, ढाल्ने, अर्को बनाउने कुरा भएको छैन’, आइतबारको बैठकपछि लेखकले भने ।हालसम्म ५० जना सांसदले धारणा राखेका छन् ।