अध्यक्ष पदको उम्मेदवार व्यवसायिक नेता हुन ललित कुमार रौनियार
zeenepal
२०८० श्रावण ३२,
9
Shares
ललित कुमार रौनियारः अध्यक्ष पदको उम्मेदवार निडर, प्रष्टवक्ता, व्यवसायिक समस्या सम्बन्धित निकायमा राख्न सक्ने क्षमता भएका व्यवसायिक नेता हुन ललित कुमार रौनियार ।राजनिति, समाजसेवासँगै व्यवसायिक क्षेत्रमा सक्रिय छन रौनियार ।
अध्ययनशिल, उर्जावान, नविनतम सोच भएका रौनियारलाई हामीले अध्यक्ष पदको उम्मेदवार बनाएका छौं । उहाँको बारेमा संक्षिप्त जानकारी गराउन गैरहेका छौं । आवद्ध फर्मः – २०४७ साल देखि व्यवसायमा आवद्ध हुँदैं हाल ललिता इजि मार्टस् सप्लायर्स नेपालगन्जको संचालक (विद्युतीय स्कुटरको कन्ट्री डिस्टिब्युटर्स) बुबाः जदुनाथ प्रसाद रौनियार(मुनिम जी) आमाः द्रोपदी देवी रौनियारः चौथो सन्तान जन्मः २०२७ साल षुष १४ गते, त्रिवेणी मोड, बागेश्वरी टोल, वडा नम्बर ३ श्रीमतीः ललिता शाह रौनियार सन्तानः दुइ छोरा, एक छोरीः दुबै छोरा इन्जिनियर हुनुहुन्छ, छोरीले नेपालगन्जमा बिपिए अध्ययन गरिरहनु भएको छ ।
शिक्षाः २०४३ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तिर्ण, उच्च शिक्षा पाटन ललितपुर क्याम्पसबाट । सामाजिक आवद्धताः –नेपालगन्ज उद्योग वाणिज्य संघमा दुई पटक निर्वाचित सदस्य, एक कार्यकाल वरिष्ठ सदस्य –नेपाल चीन शैक्षिक तथा सांस्कृति परिषद केन्द्रिय सदस्य –नेपाल वितरक संघ बाँकेका संस्थापक अध्यक्ष, नेपाल वितरक महासंघका पुर्व वरिष्ठ उपाध्यक्ष, नेपालगन्ज नगर विकास समितिका पुर्व अध्यक्ष लगायत विभिन्न सामाजिक संघ, संस्थामा आवद्ध व्यावसायिक भ्रमणः चिनिया रेडक्रस सोसाईटीको निमन्त्रणामा चीन भ्रमण तथा व्यवसायिक रुपमा सिगापुर र थाईल्यान्डको भ्रमण