खाद्य वस्तुको रिलेबलिङ गर्ने उत्पादकलाई ५ लाख जरिबाना
zeenepal
२०८० भाद्र १८,
3
Shares
काठमाडौं । उपभोग्य मिति सकिएको खाद्य वस्तुमा पुनः नयाँ मिति राख्ने दुई वटा उत्पादक जरिबानामा परेका छन् ।काठमाडौं भित्री शहर यट्खा र याङ्जामा रहेका दुई फरक फरक उत्पादकले उपभोक्ता हित विपरीतको काम गरेको वाणिज्य विभागले जनाएको छ ।आइतबार गरेको अनुगमनमा यट्खा टोलमा रहेको एक उत्पादकले सडेको किसमिस बिक्री गरेको पाइपछि विभागले उक्त उत्पादकलाई ३ लाख रुपैयाँ जरिबाना गरेको हो ।
यस्तै काठमाडौंकै भित्रि टोल याङ्जाको अर्को एक उत्पादकले भने उपभोग्य मिति सकिएको काजुलाई पुन रि प्याकेजिङ गरी नयाँ मिति राखेर बजार पठाएपछि २ लाख रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ ।विभागका प्रवक्ता एवम् अनुगमन शाखा प्रमुख होमनाथ भट्टराईकाअनुसार उपभोक्ता हित विपरीतको काम गरेको पाइए पछि ती फर्महरुलाई जरिबाना गरिएको हो ।यस्तै विभागले विना दर्ता सञ्चालनमा आएको त्रिपुरेश्वरको एक सर्जिकल पसललाई पनि जरिवाना गरेको छ । अनुमति बेगर नै सञ्चालनमा आएका कारोबार गरिरहेको उक्त सर्जिकल पसललाई एक लाख रुपैयाँ जरिबाना गरिएको प्रवक्ता भट्टराईले बताए ।