
मन्त्री बस्नेतले बोलेको कुरा पुरा गर्ने भन्ने सुनेकोले उनप्रति आफूहरुले बढी विश्वास गरेको स्थानीय व्यापारी कमल सेजुवालले बताए । उनले भने, ‘अरु ठाउँको भन्दा जुम्लाको स्वास्थ्य सेवा प्राथमिकतामा राख्छु भन्नु भएको छ । बचन पुरा गर्नु हुनेछ भन्ने लागेको छ ।सोही अवसरमा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा.राजेश पाण्डव संभाजीरावले स्वास्थ्य मन्त्री बस्नेतलाई स्कील ल्याव टेनिङ सेमुलेसन उपकरण हस्तान्तरण गरेका थिए । यी उपकरणले प्रतिष्ठानमा विभिन्न तालिम सञ्चालनका लागि सहज हुनेछ ।