काठमाडौं । नेपाल क्रिकेट संघको क्यानको साधारण सभामा झापा जिल्ला क्रिकेट संघबाट दुई प्रतिनिधि आएपछि विवाद भएको छ । झापा जिल्ला क्रिकेट संघबाट मनोज कटुवाल र लाक्पा लामा फरक फरक माइन्युटसहित प्रतिनिधि बनेर आएका छन् ।
दुवै पक्षले आफू आधिकारिक प्रतिनिधि भएको दाबी गरेपछि विवाद भएको हो ।यो विवादका कारण साधारणसभामा लेखा परीक्षण प्रतिवेदनसमेत पेश हुन सकेको छैन ।
ADVERTISEMENT

