दमक । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले देशलाई समृद्धि र विकासका लागि सबैले एकजुट भएर अघि बढ्नुपर्ने बताएकी छन् । दमकमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देश विकासका लागि दलीय तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अघि बढ्नुपर्ने औँल्याइन् ।
एक प्रसङ्गमा देशमा भइरहेको राजनीतिक कार्यशैली अपेक्षाकृत सुधार हुन नसकेकोमा उपसभामुख रानामगरको असन्तुष्ट थियो । उनी भन्छन्, “यो व्यवस्थाले यतिका वर्ष बिते पनि देशमा समग्र सुधार हुन नसक्नु चिन्ताको विषय हो, यसमा सवैको ध्यान जानुपर्छ ।गृह जिल्ला झापादेखि काठमाडौँ फर्किने क्रममा उपसभामुख रानामगरले देश निर्माणमा सबै दल, व्यक्ति, नागरिक समाजको साझा राष्ट्रिय सङ्कल्प खाँचो रहेको र त्यसका लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

