
यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकमा ना.१ क ६०५५ नम्बरको क्रेन अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा क्रेनका सह-चालक पर्सा वीरगंज महानगरपालिका-३० बिश्रामपुर बस्ने १८ वर्षीय बिपिन महत्तोको मृत्यु भएको छ । साथै दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यता सर्लाहीको ईश्वरपुर नगरपालिका-२ मिँयाखोरस्थित सडकमा बीआर ०६ बीके ५३३१ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय महलाजिम अंसारीको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बयलबासस्थित अमृत हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको बयलबासस्थित सिद्धि बिनायक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।