काठमाडौं ।दशैंका लागि बैंकिङ प्रणालीबाट करिब ७६ अर्ब रुपैयाँ बाहिरिएको छ । दशैं अगाडि १६ असोजमा करिब ६ खर्ब २० अर्ब रहेको नगद सर्कुलेसन दशैं सकिँदा ६ खर्ब ९६ अर्बसम्म पुगेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले बताए ।साना र ठूला दरका नोट कति सटही भए भन्ने एकिन तथ्यांक नभएपनि दशैमा ७६ अर्ब रुपैयाँ नगद सर्कुलेसन बढेको उनले बताए ।दशैंमा बैंकिङ प्रणालीबाट बाहिरिएको नगद प्रणालीमा फर्किन केही समय लाग्छ,’ उनले भने ।
दशैं सकिए पनि तिहार र छठ पर्व आउँदै भएकाले उक्त रकम बैंकिङ प्रणालीमा फर्किन मंसिरसम्म लाग्नसक्ने उनले बताए । अहिले बढेको नगद सर्कुलेसन पूर्ण रुपमा बैंकिङ प्रणालीमा आउन केही समय लाग्ने भएपनि ठूलो हिस्सा भने २ महिनामा फर्किने गरेको उनले बताए ।यद्यपि, बैंकहरुले बचतमा राम्रो ब्याज दिएकाले नगद होल्ड गर्ने भन्दा पनि आफूसँग भएको पैसा बैंकमा नै राख्न प्रोत्साहन गर्ने अवस्था रहेको उनले बताए ।
ADVERTISEMENT

