विराटनगर । विराटनगरमा खोला र नहर किनारबाट ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।छठ पूजाका ब्रतालुले सिंघिया खोला, सुनसरी मोरङ सिंचाइ आयोजनाको नहर र केसलिया खोला किनारबाट भक्तजनले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।छठ पूजाका लागि खोला तथा नहर किनार सिंगारिएको छ । आइतबारको अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ ब्रत समापन हुनेछ ।