
नेपालको जलविद्युत, पर्यटन एवं सूचना प्रविधिको क्षेत्रका लगानी गर्न अध्यक्ष मल्लले राजदूत सोङ्गसंग आग्रह गरे । दुई मुलुकबीच व्यापार एवं लगानीका साथै सांस्कृतिक आदान प्रदान गरेर पर्यटन गतिविधी बढाउन समेत उनले आग्रह गरे चेम्बर पदाधिकारीसंगको भेटवार्ताका क्रममा राजदूत सोङले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको बताए । नेपालको आर्थिक विकास र समृद्धिका लागि राज्यको नीति स्थिर हुनुपर्ने र यसका लागि निजी क्षेत्रले पनि पहल गर्नुपर्ने उनको भनाई छ ।