
मन्त्री किराँतीले भिभिआईपी सवार हुने भएकाले पराष्ट्रको चिठी, निर्देशनको आधारमा झन्डै दुई हप्ता अघिदेखि नै राति साढे ११ बजेको फ्लाइट सार्नुपरेको बताए । उनले प्यासेन्जरहरुलाई मेल र फोन गरेर जानकारी गराएपनि फोन नउठाउने र मेल जाँच नगर्नेहरु समस्यामा परेको बताए ।मन्त्री किराँतीले युरोपियन युनियनको कालोसूचीमा देश करिब १३ वर्ष अघिदेखि रहेको भन्दै अब खुल्ने चरणतिर प्रवेश गरेको बताए । १२ बुँदै चिठी पठाएको र १२ बुँदा पालना गरेको खण्डमा कालोसूचीबाट हट्ने उनले बताए ।