
प्रभावकारिता अध्ययन र आर्थिक लागत अनुमान विना कमिसनका लागि अनावश्यक सेवा र सामग्री खरिद गर्ने (सेटे लाइट चल्दैन भन्ने हुँदाहुँदै) सामग्री ल्याएर थन्क्याएको, खर्च नियन्त्रण गर्न र तीन तीन महिनामा खर्चको विवरण सार्वजनिक गर्न माग गरिएको छ । मिडियम वेब र सर्ट वेब प्रसारण बन्द भइसके पनि रेडियो स्टेसनमा अझैसम्म विद्युत्, खानेपानी, सुरक्षा र जनशक्तिका शीर्षकमा खर्च भइरहनु व्यवस्थापनको गम्भीर लापरबाही भएकोले सो प्रसारण चालु वा बन्द गर्ने र व्यवस्थापकीय कमजोरी समेतको निर्क्यौल गर्न तत्काल अध्ययन समिति बनाउन माग गरिएको छ ।
इन्धन र सवारी सुविधा न्यायोचित र समन्यायिक ढङ्गले वितरण गर्न र इन्धन र सवारी सुविधा पाउन नसकेका कर्मचारीलाई सो बापत न्यूनतम रूपमा यातायात खर्च उपलब्ध गराउन पनि माग गरिएको छ । यस्तै एफएम रिले स्टेसनमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूलाई समेत एफएम भत्ता उपलब्ध गराउन, आवास सुविधामा एकरूपता र आवश्यकताअनुसार अन्य कार्यालयहरूमा पनि समान ढङ्गले कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउन माग गरिएको छ ।