जलवायु परिवर्तनले नेपालको अर्थतन्त्र, वातावरण र मानवतामा ठूलो क्षति पुगेको छ : राष्ट्रपति पौडेल
zeenepal
२०८० मंसिर १९,
9
Shares
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभाव न्यून गरी मानिसको जीवन सहज बनाउनु प्रमुख चुनौती भएको बताएका छन् ।मंगलबार ललितपुरमा इसिमोड नामक संस्थाले गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालमा हिउँ पग्लिने, हिमाल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले तहसनहस बनाएको बताए ।
हाम्रा सामु हिमालमा हिउँ पग्लिएको, हिमाल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले गर्दा जलवायु परिवर्तनजन्य घटनाका कारण अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानी नोक्शानी भोगिरहेको छ’, राष्ट्रपति पौडेलले भने, ‘नेपाल जस्ता मुलुकले हरित गृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शून्य सरह योगदान गरेपनि यहाँ जलवायु परिवर्तनको प्रभाव अत्याधिक छ ।
उनले जलवायु परिवर्तनजन्य घटनाका कारण देशको अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानी पुगेको पनि बताए ।जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाल लगायत जलवायु परिवर्तनको प्रभावको मारमा परेका मुलुकहरु हुन् । यस क्षेत्रको जलवायु परिवर्तन वातावरणीय र जैविक विविधताको ह्रासबाट हुने प्रभावहरु राष्ट्रिय सीमानाभित्र नभइ सीमापारी र विश्वस्तरमा समेत पर्न जान्छ’, उनले भने ।