तीन देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश
zeenepal
२०८० मंसिर २८,
3
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहका बीच श्रीलंका, पानामा र बेल्जियमका राजदूतहरुले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो भने नवनियुक्त राजदूतहरुलाई काठमाडौँस्थित होटल रेडिसनदेखि शीतलनिवाससम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो । नियुक्त भएकामध्ये श्रीलंकाका आवासीय राजदूत हुन् भने अन्य दुई देशका गैरआवासीय राजदूत हुन् ।