काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गरेकी छन् । बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानको विषयमा कुराकानी भएको थियो ।
भेटमा राजदूत यान्छीले स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । चिनियाँ राष्ट्रपति सि चिन फिङले आफ्ना जनप्रतिनिधि जनताले आफैं छान्ने प्रक्रिया राम्रो भएको भन्दै यो कार्य सम्पन्न गरेकोमा प्रधानमन्त्री देउवालाई बधाई दिएको बताए ।
ADVERTISEMENT

